सेती नदी जलविद्युत् आयोजना सम्पन्न

पोखरा, कास्की – कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको सीमामा पर्ने सेती नदीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न भएको छ।
आयोजनाबाट उत्पादित विद्युत् औपचारिक रूपमा नेपाल विद्युत् प्राधिकरण (NEA) को राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। आयोजना सम्पन्न भएपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरी विधिवत उद्घाटन गरिएको हो। उक्त आयोजना भिजन लुम्बिनी एनर्जी कम्पनी लिमिटेडको स्वामित्वमा निर्माण गरिएको हो।
२०७७ सालदेखि निर्माण सुरु गरिएको आयोजनाबाट नेपाल विद्युत् प्राधिकरणले २०८१ सालदेखि नियमित रूपमा विद्युत् खरिद गर्न थालेको छ। कम्पनीका अध्यक्ष जगत पोखरेलका अनुसार आयोजनाले सञ्चालनमा आएदेखि नै विद्युत् खरिद सम्झौतामा तोकिएकोभन्दा बढी विद्युत् उत्पादन गर्दै आएको छ।
आयोजनाबाट उत्पादित विद्युत् १३२ के.भी. क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत लाहाचोक सबस्टेशनमा पुर्याइएको छ। यसरी राष्ट्रिय ग्रिडमा जोडिएको विद्युत् वार्षिक रुपमा करिब ८७ करोड रुपैयाँ आम्दानी दिने अपेक्षा गरिएको छ।
करिब ६ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना कर्मचारी सञ्चय कोष, कृषि विकास बैंक लगायतका वित्तीय संस्थाको सहलगानीमा, एनएमबी बैंकको नेतृत्वमा, ऋण लगानीबाट सम्पन्न गरिएको हो।
आयोजनाको उद्घाटन कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (IPPAN) का अध्यक्ष गणेश कार्की लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। उनीहरूले आयोजनाले उर्जा उत्पादनमा पुर्याएको मापदण्डलाई उदाहरणीय भन्दै भिजन लुम्बिनीले देखाएको कार्यदिशालाई अन्य परियोजनाहरूले पनि अनुकरण गर्नुपर्ने बताए।
See More:
https://yokha.com/when-will-see-result-2081-be-out-and-how-to-check-it/
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर जारी गरेको छ |